अर्थ / बाणिज्य

सुनको भाउ घट्यो

इकागज |
भदौ १४, २०८१ शुक्रबार १०:५७ बजे

काठमाडौँ - आज नेपाली बजारमा सुनको मूल्य घटेको छ । शुक्रबार सुन तोलामा तीन सय रूपैयाँले घटेको छ ।

आज सुन तोलाको एक लाख ५२ हजार ९ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस अघि बिहीबार सुन तोलाको एक लाख ५३ हजार २ सयमा कारोबार भएको थियो । 


यस्तै आज चाँदीको मूल्य भने घटेको छ । चाँदी तोलाको १८२० मा कारोबार भएको महासंघले जनाएको छ । बिहीबार सुन १८३० मा कारोबार भएको थियो ।

 


Author

थप समाचार
x