अर्थ / बाणिज्य

निगमले घटायो इन्धनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

इकागज |
भदौ १५, २०८१ शनिबार २१:३२ बजे

फाइल फाेटाे

काठमाडौँ - नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । निगमको शनिबार बसेको संचालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर २ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर १ रुपैयाँ घटाएको हो । 

त्यस्तै निगमले आन्तरिक हवाई इन्धनमा प्रतिलिटर ५ रुपैयाँ र अन्तर्राष्ट्रिय हवाई इन्धनमा प्रति किलोलिटर अमेरिकी डलर ३७ ले घटाएको जानकारी दिएको छ । घटेको मूल्य आज राति १२ बजेदेखि लागि हुने निगमले जनाएको छ ।


त्यस्तै निगमले एलपी ग्याँसको खरिद मूल्यमा प्रति सिलिन्डर ३५ रुपैयाँ ११ पैसाले बढेर आएको भएपनि हाललाई मूल्य यथावत् राखेको निगमले जनाएको छ ।

नयाँ मूल्य अनुसार अब काठमाडौँमा पेट्रोलको प्रति लिटर १६३ र डिजेल तथा मट्टितेलको प्रति लिटर १५४ रुपैयाँ पर्ने भएको छ ।


Author

थप समाचार
x