अर्थ / बाणिज्य

सुनचाँदीको मूल्य घट्यो, तोलाको कति पुग्यो ?

इकागज |
भदौ १६, २०८१ आइतबार ११:४१ बजे

फाइल फोटो

काठमाडौँ - आज नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ ।

आइतबार सुन तोलाको ६ सयले घटेर तोलामा एक लाख ५२ हजार ३ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस अघि शुक्रबार सुनको मूल्य १ लाख ५२ हजार ९ सयमा कारोबार भएको थियो ।


त्यस्तै आज चाँदीको मूल्य प्रतितोला २५ रूपैयाँले घटेर १७९५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।


Author

थप समाचार
x