अर्थ / बाणिज्य

आईएमएस सफ्टवेयर र अर्न सिक्काबीच सम्झौता

इकागज |
भदौ १७, २०८१ सोमबार १३:५७ बजे

काठमाडौँ- आईएमएस सफ्टवेयर र अर्न सिक्काबीच सम्झौता भएको छ ।  पत्रमा हस्ताक्षर, एकीकृत रिवार्ड प्रणालीको प्रयोगले ग्राहकहरूलाई फाइदा हुने गरी दुवै कम्पनीले सम्झौता गरेका हुन् ।

यस सम्झौतामा आईएमएस सफ्टवेयर प्रा.लि को तर्फबाट प्रबन्ध निर्देशक संतोष तम्राकार र अर्न सिक्का को तर्फबाट प्रमुख कार्यकारी अधिकृत एलेन बैलोचन तुलाधरबीच सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । 


आईएमएस सफ्टवेयर स्थानीय तथा अन्तर्राष्ट्रिय बजारको मागअनुसार सफ्टवेयर निर्माणमा क्रियाशिल छ । आइएमएसले आन्तरिक राजस्व विभागबाट मान्यता प्राप्त पोस सफ्टवेयर, रेस्टुरेन्ट सफ्टवेयरका साथै डिस्ट्रिब्युसन व्यवस्थापन सम्बन्धी सफ्टवेयर बिक्री गर्दै आएको छ ।

अर्न सिक्का एक मल्टिब्राण्ड लोयल्टी प्रोग्राम हो जसमा सदस्यहरू विभिन्न ब्रान्डहरूमा खरीद गर्दा एउटै एकीकृत रिवार्ड प्रोग्रामभित्र रिवार्ड कमाउन र रिडिम गर्न सक्छन् ।

अर्न सिक्कालाई आईएमएस सफ्टवेयरको प्लेटफर्ममा एकीकृत हुँदा, ग्राहकहरूले पाउने प्रत्येक सिक्काको पहुँच अझ बढ्नेछ । जसले प्रत्येक व्यवसायलाई सफ्टवेयरबाटै सिक्का पोइन्ट जारी गर्न र रिडिम गर्न सक्षम बनाउँछ, परिणामस्वरूप यस प्रणालीको प्रयोगले ग्राहकहरुलाई फाइदा हुनेछ । 


Author

थप समाचार
x