अर्थ / बाणिज्य

सुनको मूल्य स्थिर

इकागज |
भदौ १९, २०८१ बुधबार ११:६ बजे

काठमाडौँ- आज नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य घटेको छ ।

बुधबार सुन तोलाको एक लाख ५२ हजारमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि सोमबार र मंगलबार पनि सुनको मूल्य १ लाख ५२ हजारमै कारोबार भएको थियो ।


त्यस्तै आज चाँदीको मूल्य भने घटेको छ । आज चाँदी तोलाको २० रुपैयाँले घटेर १७५५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।


Author

थप समाचार
x