अर्थ / बाणिज्य

सुनको मूल्य हालसम्मकै उच्च

इकागज |
भदौ २६, २०८१ बुधबार ११:३ बजे

काठमाडौँ- नेपाली बजारमा सुनको मूल्य बढेर अहिलेसम्मकै उच्च भएको छ । 

आज सुन तोलामा एक हजारले बढेर तोलाको एक लाख ५३ हजार ४०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो सुनको अहिलेसम्मकै उच्च मूल्य हो ।


यसअघि मंगलबार सुन तोलाको १ लाख ५२ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा १५ रुपैयाँले बढेर १७८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


Author

थप समाचार
x