अर्थ / बाणिज्य

आज सुनको मुल्य घट्दा चाँदीको बढ्यो, कतिमा हुँदैछ कारोबार ?

इकागज |
भदौ २७, २०८१ बिहीबार १०:४८ बजे

तस्विरः फाइल फोटो

काठमाडौँ - नेपाली बजारमा सुनको मूल्य घटेको छ । बिहीबार छापावाला सुनको मूल्य १ सय रुपैयाँले घट्दै प्रतितोला १ लाख ५३ हजार ३ सय रुपैयाँ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  

यस अघि बुधबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५३ हजार ४ सय रुपैयाँ कायम थियो । जुन मूल्य हालसम्मकै उच्च हो ।


त्यस्तै आज चाँदीको मूल्य भने बढेको छ । चाँदीको मूल्य १५ रुपैयाँले बढेर प्रतितोला १७९५ रुपैयाँमा कारोबार भईरहेको महासंघले छ ।


Author

थप समाचार
x