अर्थ / बाणिज्य

निगमले घटायो इन्धनको मूल्य

इकागज |
भदौ ३०, २०८१ आइतबार २०:२८ बजे

फाइल फाेटाे

काठमाडौँ - नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । निगमको आइतबार बसेको संचालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर ४ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर ५ रुपैयाँ घटाएको हो । 

निगमले घटेको मूल्य आज राति १२ बजेदेखि लागि हुने निगमले जनाएको छ ।


नयाँ मूल्य अनुसार अब काठमाडौँमा पेट्रोलको प्रति लिटर १५९ र डिजेल तथा मट्टितेलको प्रति लिटर १४९ रुपैयाँ पर्ने भएको छ ।


Author

थप समाचार
x