अर्थ / बाणिज्य

अर्थ मन्त्रालयद्वारा बहुवर्षीय स्रोत सहमतिको विवरण उपलब्ध गराउन ताकेता

इकागज |
भदौ ३०, २०८१ आइतबार २१:१० बजे

काठमाडौँ - अर्थ मन्त्रालयले बहुवर्षीय स्रोत सहमति र भुक्तानी गर्न बाँकी रहेको दायित्वको एकिन विवरण उपलब्ध गराउन मन्त्रालयहरूलाई ताकेता गरेको छ । 

अर्थ मन्त्रालयमा विकास तथा पूर्वाधारसँग सम्बन्धित मन्त्रालयका सचिवहरूसँग बैठक गरी अर्थ मन्त्रालयले स्रोत सुनिश्चित भएका र स्रोत सुनिश्चित नभएका बहुवर्षीय ठेक्का दायित्वको एकिन विवरण उपलब्ध गराउन निर्देशन दिएको हो । 


त्यसैगरी अर्थ मन्त्रालयले भुक्तानी गर्नुपर्ने दायित्वको विवरण उपलब्ध गराउन पनि निर्देशन दिएको छ ।

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बहुवर्षीय ठेक्का र भुक्तानी दिन बाँकी दायित्वमा समस्या देखिएकाले एकिन विवरण प्राप्त भएपछि उपयुक्त निर्णय गर्ने बताए ।


Author

थप समाचार
x