अर्थ / बाणिज्य

कति पुग्यो सुनको मूल्य ?

इकागज |
भदौ ३१, २०८१ सोमबार १२:२४ बजे

फाइल तस्बिर

काठमाडौँ- नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सोमबार सुन तोलामा ५ सयले बढेपछि तोलाको १ लाख ५७ हजार ३ सय रुपैयाँ कायम भएको हो । 

यो सुनको अहिलेसम्मको उच्च मुल्य हो । यसअघि आइतबार सुनको मूल्य हालसम्मकै उच्च कायम भएको थियो । त्यसदिन छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५६ हजार ८ सय रुपैयाँ कायम भएको थियो ।


त्यस्तै आज चाँदीको मूल्य भने बढेको छ । चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढ्दै प्रतितोला १९१५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।


Author

थप समाचार
x