अर्थ / बाणिज्य

नेपालमा इन्टरनेट प्रयोगकर्ता तीव्र वृद्धि

इकागज |
असोज १, २०८१ मंगलबार १७:४२ बजे


नेपाल दूरसञ्चार प्राधिकरण (NTA) को जेष्ठ २०८० को प्रतिवेदन अनुसार, नेपालमा इन्टरनेट प्रयोगकर्ताहरूको संख्या तीव्र रूपमा बढ्दै गइरहेको छ ।यस प्रतिवेदन ले देशभरमा कुल ३९.६ मिलियन ब्रोडब्यान्ड ग्राहकहरू रहेका छन्, जसमा १३५.८७% को प्रवेश दर छ । यो  वृद्धिको प्रमुख कारण मोबाइल ब्रोडब्यान्ड सेवाहरू हुन् जसले करिब २८ मिलियन प्रयोगकर्ताहरूलाई समेटेका छन्, जहाँ 4 जी सेवाका ग्राहकहरू मात्रै २० मिलियनको हाराहारीमा छन्। फिक्स्ड ब्रोडब्यान्ड सेवाहरूमा पनि उल्लेखनीय वृद्धि भइरहेको छ। विशेषगरी केबल/ एफटीटी एच जडानमा,११.५ मिलियनभन्दा बढी ग्राहकहरू सक्रिय छन्। तर फिक्स्ड वायरलेस ब्रोडब्यान्डको प्रयोग तुलनात्मक रूपमा कमै रहेको पाइन्छ । जहाँ मात्र ६२,००० भन्दा बढी ग्राहकहरू छन्। यी तथ्याङ्कहरूले नेपालमा इन्टरनेट सेवा बढ्दो निर्भरता र डिजिटल पूर्वाधारको विस्तार मा अगाडि बढीरहेको स्पष्ट देखाउँछ ।

परिचय
वर्तामान समयमा, इन्टरनेट विश्वको सबैभन्दा महत्वपूर्ण नेटवर्क बनिसकेको छ। नेपालमा पनि इन्टरनेटको तीव्र गतिमा विकास भइरहेको छ। कम्प्युटर र विद्युतीय प्रविधिको आधारमा विकास भएको यो विश्वव्यापी सञ्जालले सबै नेटवर्कलाई जोड्ने "नेटवर्कको घर "को रूपमा पनि मानिन्छ। नेपालमा प्रायः सबै स्थानमा इन्टरनेट सेवाको पहुँच पुगिसकेको छ। सन् १९५० को दशकमा सुरु भएको इन्टरनेट आज एक अपरिहार्य पूर्वाधारको रूपमा स्थापित भइसकेको छ। नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार, नेपालमा दर्जनौं सेवा प्रदायकहरू दर्ता भइ सेवा प्रदान गरिरहेका छन्, जसमध्ये क्लासिक टेक,( Classic Tech ) एन टि फाइबर, (NT Fiber) सुबिसु,(Subisu) डीस होम,( Dish Home)भाय नेट,(Vianet) ओड्लिङ्क,(World link) सिजी नेट(CG Net) नेट आदि छन्। कुन इन्टरनेट जडान गर्ने भन्ने प्रश्न धेरैलाइ हुने गर्दछ। विशेष गरि इन्टरनेट टिभी सर्भिस एउटै कम्पनीले दिने गर्छन धेरै जसो ग्राहक हरुले सेवा प्रदायक लाइ नै राम्रो भन्ने गरेको पाइन्छ। तर यसमा अरु पनि सूचकहरु हेर्नु पर्ने हुन्छ। जस्तै नेटवर्क विस्तार, प्रविधि, ग्राहक संख्या, इन्टरनेटस्पीड, इन्टरनेट मूल्य, राउटर को गुणस्तर सेटटप बक्स, टिभी च्यानल, मूल्य अभिवृद्धि सेवा यी सबै सँग तुलना गरेर सेवा प्रदायक छनोट गर्दा आफुलाई फाइदा हुने गर्दछ र आफुले चाहे जस्तै सेवा पाउन सकिन्छ। क्लासिक टेक एउटा यस्तो सेवा प्रदायक कम्पनी हो। जसले सस्तो र गुणस्तरीय इन्टरनेट र आईपी.टी.भी सेवा प्रदान गर्दै ग्राहकहरूको ध्यान आकर्षित गरेको छ। यसको सेवा मानक र मूल्यको सन्तुलनले धेरै ग्राहकहरुको रोजाइमा पार्न सफल बनाएको छ। हामीले यी सूचकहरु चर्चा बिस्तृत रुपमा तल गरिएको छ।

विकास
नेपालको अधिकांश जिल्लामा आफ्नै इन्टरनेट तथा आइपी.टी.भी सेवा विस्तार गर्न सफल क्लासिक टेक, देशकै अग्रणी तथा ठुलो नेटवर्क सेवा प्रदायक कम्पनी मध्ये एक हो । "छोयो कि चल्यो" भन्ने मुल नाराका साथ सस्तो, छिटो र गुणस्तरीय इन्टरनेट तथा आइपी टी. भी (IPTV) सेवा प्रदान गर्ने उद्देश्यका साथ २००९ मा स्थापना भएको यो कम्पनी, १५ वर्षको छोटो अवधिमा व्यवसायबाट ग्रहाकलाइ सबैभन्दा सस्तो, छिटो र गुणस्तरीय इन्टरनेट तथा आ.इ.पी.टी.भी सेवाप्रदान गर्ने एक बलियो र अटल सेवा प्रदायक कम्पनि बन्न सफल भएको छ। स्थापनाको १५औ वर्ष प्रवेशमा नै कम्पानीले तिब्र गतिमा फड्को मारी सकेको छ । एफ़ टी.टी एच फाइबर बिस्तार, आइपी टि. भी सन्चालन सँगै सबै भन्दा सस्तो छिटो तथा गुणस्तरीय इन्टरनेट प्रदान गर्न सफल भएको कम्पनीले ३६५ दिन ग्राहक सेवा २४ घण्टा कल तथा १२ घण्टा फिल्ड सेवा लक्षित विभिन्न इन्टरनेट तथा आइपी टि. भी सेवा दिँदै आएको छ । दर्जनौ सेवाप्रदायक कम्पानी हरुको तिब्र प्रतिस्पर्दा सँगै एफटीटी एच मा आधारित इन्टरनेट सेवा प्रदान गरिदै आएको क्लासिक टेकको ग्राहक लक्षित प्याकेज तथा सेवा सुविधाहरू नै बलियो पक्ष भएको देखिन्छ।  

सेवा प्रदायकका प्रमुख सूचकहरु :


१. नेटवर्क विस्तार:

हालसम्म नेपालको ७४ जिल्लामा एफ़ टी. टी एच फाइबर बिस्तार गरि तिब्र गतिको उच्च स्तरीय इन्टरनेट तथा इन्टरनेट + टी. भी (आइपी टि. भी) सन्चालन गरि १०४ शाखहरू बाट सेवा प्रदान गर्दै आएको र चाडै नै ७७ वटै जिल्लामा नेटवर्कको पहुँच विस्तारमा कम्पनि अग्रसर रहेको छ। इन्टरनेटका साथै आफ्नै डेटा सरबर बाट डेटा कनेक्टिभिटी, नेटवर्क इन्टिग्रेसन सफ्टवेयर डेभलपमेन्ट जस्ता सेवा प्रदान गर्दै आएको छ।

२.प्रविधि:
आफ्ना ग्राहाकहरुलाई अत्याधुनिक प्रविधि युक्त (आइपीभी 6) मार्फद उच्चस्तरीय इन्टरनेट प्रदान गर्दै आएको छ साथै वाईफाई 6, प्रविधि भएको 5 गिगाहर्जको (GHz) राउटर प्रयोग सुचारु गरिसकेकोले इन्टरनेट सेवामा थप छिटो र गुणस्तरीय बनेको छ। कन्टेन्ड डिलिभरि नेटवर्क (CDN) कम्पनीमै होस्ट भएकाले मनोरन्जनात्मक थप उत्कृस्ट भिडियो सामाग्री नेटफ्लिक्स, युट्युब, एमेजन प्राइम, इन्स्टाग्राम फेसबुक, टिकटक तथा ओ.टि.टि. एप पूर्व स्थापना प्याट फम सोसल साइड हरु प्रयोग गर्दा कुनै पनि समस्या आउदैन। व्याक अप डेटा सेन्टरहरु नेपालको विभिन्न ठाउँहरुमा रहएकोले निरन्तर सेवा, इन्टरनेटमा उच्च सुरक्षा, र दक्षता बढाउँछ  अन्लाइन गेम पब्जी, फ्रीफायर, खेल्दा पिङ्ग हाइ हुने समस्यामा कमि ल्याउछ ।त्यसैले गेमिङ्ग समुदाय तर्फ़बाट कम्पनीलाइ राम्रो प्रतिक्रिया आइ रहेको छ। र-ईस्पोर्ट, हाइभोल्टेज, अरबपति अन्य गेमिङ्ग क्लाब हरु सँग सहकार्य गरि सक्रिय सहभागी हुदै आएको छ यस्तै तत्काल सेवा का लागि मोबाइल एप्लिकेशन सपोर्ट कल म्यासेज जस्ता सेवाले गर्दा ग्राहक हरुलाई कुराकानी गर्न सहज भइरहेकोछ।
३.ग्राहक संख्या:

नेपाल दूरसञ्चार प्राधिकरणको तथ्यांक अनुसार क्लासिक टेकको सक्रिय प्रयोगकर्ता ३ लाख नाघिसकेको छ। यस अन्तर्गत काठमाडौं उपत्यका (काठमाडौं भक्तपुर, ललितपुर) सँगैका छिमेकी जिल्लहरु, पूर्वमा विराटनगर, विर्तामोड, धरान, इटहरी लगायत मुख्य मुख्य शहर पश्चिममा बुटवल, भैरहवा, नेपालगन्ज हेटौडा, चितवन, पोखरा र प्रदेश २ अन्तर्गत कलैया, वीरगन्ज बर्दिबास लहान लगायतका क्षेत्रहरुमा सेवा दिदै आएको ।

.इन्टरनेटस्पीड:
क्लासिकबाट ग्राहकहरुले इन्टरनेट स्पीडको आधारमा विभिन्न प्लान खरीद गर्न सक्दछन् जसमा ५० ,७५ ,१००, १२५, २००, ३०० ,४०० ,५०० देखि१ जी बी थप एस सम्मका व्यक्तिगत र व्यावसायिक प्याकेज रहेको छ।

हालको इन्टरनेट मूल्य:

कम्पनीले हालै सार्वजानिक गरेको १२५ देखि ३०० एम बि पी एस सम्मको मूल्य सुची तालिकामा उल्लेख गरिएको छ।
 

प्याकेजको नाम

प्याकेज महिना

सेटटप बक्स चार्ज

ओ एनयु चार्ज


भ्याट सहित जम्मा


१२५ एम बि पी एस

१२

 

५००

रू ७६९१

१२५ एम बि पी  एस  नेट+ टी भी

१२

५००

५००

रू ८४९७.७२

२००  एम बि पी  एस

२४

 

५००

रू १६९५७.७६

२०० एम बि पी  एस

१२

 

५००

रू ११४९५.८०४

२००एम बि पी  एस  नेट  +टी भी

२४

५००

५००

रू २३००५.२

२००एम बि पी  एस  नेट +टी भी

१२

५००

५००

रू १२४१३.१७

२००एम बि पी  एस  २ नेट +टी भी

२४

५००

५००

रू २९५७२.६४

२००एम बि पी  एस  २ नेट +टी भी

१२

५००

५००

रू १६०७४.०४८

३०० एम बि पी  एस

२४

 

५००

रू २०५१९.१२

३०० एम बि पी  एस

१२

 

५००

रू १३९२४.४

३००एम बि पी  एस  नेट +टी भी

२४

५००

५००

रू २७१५०.७२

३००एम बि पी  एस  नेट+ टी भी

१२

५००

५००

रू १५३३२.८

३०० एम बि पी  एस  २ नेट+ टी भी

२४

५००

५००

रू ३३५६५.६८

३०० एम बि पी  एस  २ नेट+ टी भी

१२

५००

५००

रू १६१४१.२

३०० एम बि पी  एस   ३ नेट+ टी भी

२४

५००

५००

रू ३९८७२.३२

३०० एम बि पी  एस ३नेट+  टी भी

१२

५००

५००

रू१८७४१.२

नोट: - जडान खर्च निशुल्क तथा राउटरको डिपोजिट ५ सय रुपैयाँ र आ.इ पी टि. भी को लागि डिपोजिट ५सय रुपैयाँ समावेश गरिएको छ। साथै पुरानो ग्राहक हरुले १ वर्ष सम्मको रिचार्ज गर्दा ९० दिन बोनस सँगै ३० प्रतिशत सम्मको छुट पाउने छ।

मिती २०८१/५/३१ माथि उल्लेखित मूल्य सुची कम्पनीको आधिकारिक वेबसाइट बाट साभार गरिएको हो।

निष्कर्ष: - 

आजको डिजिटल युगमा इन्टरनेट एक महत्वपूर्ण नभई नहुने आधारभूत तत्वको रूपमा विकास भइ सकेको छ । यसले शिक्षा, स्वास्थ्य, मनोरञ्जन, व्यापारिक प्रगति, र डिजिटल बैङ्किङ्ग प्रणाली लगायतका क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याएको छ। क्लासिक टेकले सस्तो र गुणस्तरीय इन्टरनेट सेवा सँगै आइपी.टी.भी सेवा ले ग्राहकलाई आवश्यक राहत प्रदान गर्दै आएको छ, जसले गर्दा ग्राहक हरुमा विश्वास बढ्दै गएको छ। 


Author

थप समाचार
x