अर्थ / बाणिज्य

करिब नौ करोड बराबरको मालवस्तु बङ्लादेश निर्यात

इकागज |
असोज ३, २०८१ बिहीबार २१:३१ बजे

फाइल फाेटाे

झापा - चालु आर्थिक वर्षको पहिलो दुई महिनामा पूर्वी नाका काँकरभिट्टाबाट आठ करोड ९९ लाख २० हजार आठ सय एक बराबरको माल वस्तु बङ्गलादेश निर्यात भएको छ । 

नेपाल पारवहन तथा गोदाम व्यवस्था लिमिटेड शाखा कार्यालय काँकडभिट्टाका प्रमुख सुवास पाण्डेयका अनुसार सोही अवधिमा ६६ करोड ८४ लाख ३३ हजार एक सय ४२ बराबरको सामान बङ्गलादेशबाट आयात भएको छ ।


कार्यालयको तथ्यांक अनुसार नेपालबाट मुख्य रुपमा खुदो बङ्गलादेश निर्यात भइरहेको छ । दुई महिनामा सात करोड ६७ लाख ८१ हजार ५२२ मूल्य बराबरको खुदो निर्यात भएको छ । 

 गोदाम व्यवस्था कार्यालयले उपलब्ध गराएको तथ्यांक अनुसार सो अवधिमा जुट, पेपर, औषधि, ब्याट्री, फेब्रिक एण्ड रेडिमेड ग्रामेन्ट, प्लास्टिक फर्निचरलगायत मालवस्तु बङ्गलादेशबाट आयात भएका छन् । सो अवधिमा सबैभन्दा बढी रु ४१ करोड ५७ लाख ८७ हजार छ सय ५२ मूल्य बराबरको जुट आयात भएको छ । 


Author

थप समाचार
x