अर्थ / बाणिज्य

सुनको मूल्य बढ्यो, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

इकागज |
असोज ४, २०८१ शुक्रबार १०:४४ बजे

तस्विरः फाइल फोटो

काठमाडौँ- नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । शुक्रबार सुन तोलामा १५ सयले बढेपछि आज प्रतितोला १ लाख ५७ हजार १ सय रुपैयाँ कायम भएको हो । 

यसअघि विहिबार सुनको मूल्य प्रतितोला १ लाख ५५ हजार ६ सय रुपैयाँ कायम भएको थियो ।


त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले बढेर प्रतितोला १९१५ रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।


Author

थप समाचार
x