अर्थ / बाणिज्य

धितोपत्र बोर्डको अध्यक्ष पदको अन्तरवार्ता १८ गते हुने

इकागज |
असोज १०, २०८१ बिहीबार ९:४१ बजे

फाइल तस्बिर

काठमाडौँ- नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदको लागि तीन जना उम्मेदवारको अन्तरवार्ता हुने भएको छ । 

अर्थ मन्त्रालयले बनाएको अध्यक्ष सिफारिस समितिले सूचना प्रकाशित गर्दै आवेदकहरूमध्ये संक्षिप्त सूचीमा समावेश भएका तीन जनाको अन्तरवार्ता असोज १८ गते हुने जानकारी दिएको हो । 


कृष्ण बहादुर कार्की, चिरञ्जीवी चापागाईं र डा. नवराज अधिकारीको नाम संक्षिप्त सूचीमा समावेश गर्दै उनीहरूको व्यावसायिक कार्य योजनाको प्रस्तुतीकरण र अन्तरवार्ता असोज १८ गते बिहान ८ बजे हुने जानकारी समितिले दिएको छ ।


Author

थप समाचार
x