अर्थ / बाणिज्य

सुनको मूल्यमा दैनिक नयाँ रेकर्ड, तोलाको एक लाख ६१ हजार नाघ्यो

इकागज |
असोज ११, २०८१ शुक्रबार ११:३५ बजे

काठमाडौँ- सुनको मूल्यमा लगातार वृद्धि भएको छ । 

आज सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेर तोलाको एक लाख ६१ हजार २ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुनको यो मूल्य अहिलेसम्मकै उच्च हो । यस अघि बिहीबार सुनको मूल्य एक लाख ६० हजार ७ सय रुपैयाँ पुगेको थियो ।


त्यस्तै आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदीको मूल्य १९५५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । 


Author

थप समाचार
x