अब क्यूआर कोडसहितको भिसा जारी गरिने
काठमाडौँ : अध्यागमन विभागले विदेशी नागरीकलाई जारी गर्ने हस्त लिखित भिसालाई प्रतिस्थापन गर्दै डिजिटल भिसा प्रणाली लागू गरेको छ । अध्यागमन विभागमा आयोजित कार्यक्रममा उपप्रधानमन्त्री तथा गृहमन्त्री विष्णुप्रसाद पौडेलले क्यूआर कोडसहितको प्रिन्टेड भिसा प्रणालीको सुरुवात गरेका हुन् । पहिलो भिसा पोर्चुगिज नागरिक तेन्जिङ्ग नोर्बु लामालाई प्रदान गरिएको छ।
क्यूआर कोड सहितको प्रिन्टेड भिसा प्रणालीमा कम्यूटरमा प्रविष्ट गरिएका विवरणका आधारमा नेपाली पोर्टले नै भिसा जेनरेट गरी भिसा स्टिकर छपाई गर्ने हुँदा साविकमा जस्तो हातले लेख्दा हुने त्रुटी तथा केरमेट नहुने र सिस्टमबाट प्रिन्ट गरी सिधै टाँस्न सकिने हुँदा सेवा प्रवाह छिटो छरितो हुने उल्लेख छ । कसैले भिसा स्टिकरमा भएको विवरण केरमेट थपघट गरेमा क्यूआर कोड मा भएको विवरणका आधारमा पत्ता लगाउन सकिनेछ ।
अब नेपालको भिसा अन्तरराष्ट्रिय मापदण्ड अनुसारको विश्वसनीय र भरपर्दो तथा विद्युतीय भिसा (इ-भिसा) लागू गर्न सकिने भएको छ। हाल विभागबाट सुरू भएको यो सेवा निकट भविष्यमै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालय र देशभरी रहेका सबै अध्यागमन कार्यालयमा समेत विस्तार गरिने कार्ययोजना छ ।
यो प्रणालीले नेपाली अध्यागमनलाई नयाँ युगमा प्रवेश गराएको छ। सरकारी सेवालाई विद्युतिय माध्यमबाट प्रवाह गरी प्रभावकारीता ल्याउने र सुशासन स्थापना गर्न यस कार्यले टेवा दिने विचार उपप्रधानमन्त्रीले अवसरमा व्यक्त गरे ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया