अर्थ / बाणिज्य

घट्यो सुनको मूल्य

इकागज |
असोज १३, २०८१ आइतबार ११:१६ बजे

काठमाडौँ- आइतबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ । 

आज सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घटेर तोलाको एक लाख ६० हजार ६ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि शुक्रबार सुनको मूल्य एक लाख ६१ हजार २ सय रुपैयाँ पुगेको थियो ।


त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मुल्य १० रुपैयाँले घटेर १९४५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । 


Author

थप समाचार
x