अर्थ / बाणिज्य

दशैंका लागि सुकिला नोट साट्न सुरु

इकागज |
असोज १३, २०८१ आइतबार १५:५४ बजे

फाइल फाेटाे

काठमाडौँ - नेपाल राष्ट्र बैंकले दशैंका लागि सुकिला नोट साट्न सुरु गरेको छ ।

राष्ट्र बैंकले बैंकको केन्द्रीय तथा प्रादेशिक कार्यालय र सबै बैंक तथा वित्तीय संस्थाका शाखाबाट यही असोज २२ गतेसम्म सुकिला नोट साट्न सकिने जनाएको छ ।


नयाँ नोट साट्न यसअघि सर्वसाधारणको घुइँचो लाग्ने गरेपछि सुकिला नोट साट्नका लागि भने कमैमात्रै सार्वसाधारण राष्ट्र बैंक पुगेका थिए ।

यसपटक दशैंमा नयाँ नोटको साटो सुकिला नोट साट्ने व्यवस्था गरिएको राष्ट्र बैंकका सहायक प्रवक्ता डिल्लिराम पोखेरलले जानकारी दिए ।  ५, १०, २०, ५० र १०० दरको एक सेटका दरले १८ हजार ५०० रुपैयाँ साट्न पाउने उनले बताए । 

राष्ट्र बैंकले हरेक वर्ष चाडपर्व लक्षित गर्दै नयाँ नोट सटही गर्दै आएपनि यसवर्ष भने एकपटक प्रयोगमा आइसकेका नोट साट्ने व्यवस्था गरेको हो । हरेक बर्ष नयाँ नोट बजारमा पठाउँदा साना दरको नयाँ नोट व्यवस्थापनमा समस्याका साथै खर्च समेत धेरै भएकाले सुकिला नोट साट्ने व्यवस्था गरिएको बैंकको भनाइ छ । 


Author

थप समाचार
x