अर्थ / बाणिज्य

सुनको मूल्य आज पनि घट्‌यो

इकागज |
असोज १४, २०८१ सोमबार ११:२२ बजे

काठमाडौँ- सोमबार सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । 

आज सुनको मूल्य तोलामा एक सय रुपैयाँले घटेर तोलाको एक लाख ६० हजार ५ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि आइतबार सुनको मूल्य एक लाख ६० हजार ६ सयमा कारोबार भएको थियो ।


त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मुल्य ५ रुपैयाँले घटेर १९४० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । 


Author

थप समाचार
x