अर्थ / बाणिज्य

सुनको मूल्यमा नयाँ कीर्तिमान

इकागज |
असोज १८, २०८१ शुक्रबार ११:६ बजे

काठमाडौँ- शुक्रबार सुनचाँदीको मूल्यमा नयाँ कीर्तिमान कायम भएको छ । 

आज सुनको मूल्य तोलामा ४ सयले बढेर तोलाको एक लाख ६१ हजार ३ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो सुनको अहिलेसम्मकै उच्च मूल्य हो । 


यस अघि असोज ११ गते सुनको मूल्य एक लाख ६१ हजार २ सयमा कारोबार भएको थियो । 

त्यस्तै विहिबार भने सुनको मूल्य एक लाख ६० हजार ९ सयमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्यमा पनि वृद्धि भएको छ । आज चाँदीको मुल्य ३ रुपैयाँले बढेर १९८० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । 


Author

थप समाचार
x