अर्थ / बाणिज्य

असार १५ : धान दिवस

११ देशबाट ४८ अर्ब रुपैयाँको चामल आयात

इकागज |
असार १५, २०७८ मंगलबार १२:५३ बजे

काठमाडौँ : चालु आर्थिक वर्षको पहिलो ११ महिनामा नेपालले ११ मुलुकबाट ४८ अर्ब १६ करोड रुपैयाँको चामल आयात गरेको छ । २०३८ सालसम्म नेपाल चामल निर्यात गर्दै आएको थियो ।

भारतले त्यतिबेलादेखि नै आफूलाई खाद्यान्नमा आत्मनिर्भर बनाएको हो भने नेपाल खाद्यान्नमा क्रमशः परनिर्भर गर्दै यस आर्थिक वर्षमा आधा खर्ब रुपैयाँ चामल आयातमा खर्च हुने देखिन्छ । नेपालले भारतबाट सबैभन्दा धेरै ४७ अर्ब ९४ करोड रुपैयाँको चामल आयात गरेको छ । 


यस आर्थिक वर्षमा नेपालले आयात गरेको चामलको विस्तृत विवरण यसप्रकार छ । 

देश

 परिमाण (क्वीन्टल)

मूल्य (रुपैयाँ)

भारत

 १२६४३६४६.२८

 ४७ अर्ब ९४ करोड

चीन

 १७३६.२४

 ६ करोड  ७१ लाख ३३ हजार

 फिलिपिन्स

 ०.५

 २७ हजार

थाइल्याण्ड

 ५०.०३

 ४ लाख १२ हजार

अमेरिका

 १९३८६.५१

 १५ करोड  १८ लाख ६१ हजार

भियतनाम

 ०.२३५

 १० हजार

म्यानमार

 ०.०१

 

जापान

 १.२

  १ लाख २१ हजार

टर्की

 ०.२५

  ३० हजार

इटली

 १

 २९ हजार

दक्षिण कोरिया

 ०.५६

 ६ हजार

स्रोतः भन्सार विभाग


Author

थप समाचार
x