अर्थ / बाणिज्य

सुनचाँदीको मूल्य बढ्यो, तोलाको कति पुग्यो ?

इकागज |
असोज २९, २०८१ मंगलबार १०:५४ बजे

तस्विरः फाइल फोटो

काठमाडौँ- नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ ।

दशैको बिदापछि मंगलबार सुनको मूल्य तोलामा १४ सयले बढेर छापावाल सुन तोलाको एक लाख ६० हजार ५०० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।


यसअघि असोज २३ गते छापावाल सुन प्रतितोला एक लाख ५९ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला १९२५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


Author

थप समाचार
x