अर्थ / बाणिज्य

सुनचाँदीको मूल्य बढ्यो, तोलाको कति पुग्यो ?

इकागज |
असोज ३०, २०८१ बुधबार ११:३६ बजे

तस्विरः फाइल फोटो

काठमाडौँ- आज सुनचाँदीको मूल्य बढेको छ ।

दशैँको बिदापछि बुधबार सुनको मूल्य तोलामा १३ सयले बढेर छापावाल सुन तोलाको एक लाख ६१ हजार ८०० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।


यसअघि मंगलबार छापावाल सुन प्रतितोला एक लाख ६० हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला १९५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


Author

थप समाचार
x