Ekagaj Logo
०२ कात्तिक २०८१, शुक्रबार
(Friday, 18 October, 2024)

अर्थ / बाणिज्य

सुनको मूल्यमा आज पनि नयाँ कीर्तिमान

इकागज |
कात्तिक २, २०८१ शुक्रबार १२:२३ बजे

काठमाडौँ- सुनको मूल्यले आज पनि नयाँ कीर्तिमान बनाएको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन तोलाको २ हजारले बढेर अहिलेसम्मकै उच्च तोलाको एक लाख ६४ हजार ४ सय पुगेको हो ।


यस अघि विहिबार सुन तोलाको एक लाख ६२ हजार ४०० मा कारोबार भएको थियो  ।

त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला ३० रुपैयाँले बढेर १९८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


Author

थप समाचार
x