अर्थ / बाणिज्य

तीन अर्ब ५८ करोड राजस्व संकलन

इकागज |
कात्तिक ४, २०८१ आइतबार ८:० बजे

तस्विरः फाइल फोटो

मेची भन्सार कार्यालयले आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासिकमा रु. तीन अर्ब ५८ करोड ९० लाख ११ हजार राजस्व संकलन गरेको छ । उक्त रकम वार्षिक लक्ष्यको २० दशमलव ६९ प्रतिशत हो ।

चालु आव २०८१/८२ मा उक्त कार्यालयले रु. १७ अर्ब ३४ करोड ४६ लाख २५ हजार राजस्व संकलन  गर्ने लक्ष्य लिएको भन्सार अधिकृत गणपति कँडेलले जानकारी दिए । आव २०८०/८१ को सोही अवधिमा रु. तीन अर्ब ३९ करोड ७२ लाख ७० हजार संकलन भएको थियो । उक्त रकमभन्दा चालु आवको पहिलो तीन महिनामा रु. १९  करोड १७ लाख ४१ हजारले बढी हो ।


आव २०८०/८१ मा रु. १८ अर्ब २५ करोड ७८ लाख ६८ हजार राजस्व संकलनको लक्ष्य रहेकामा ७८ दशमलव चार प्रतिशत मात्र हासिल भएको थियो । आव २०८१/८२ मा गत आवको भन्दा रु. ९१ करोड ३२ लाख ४३ हजारले राजस्वको लक्ष्य घटाइएको छ । 


Author

थप समाचार
x