अर्थ / बाणिज्य

आज पनि बढ्यो सुनको मुल्य, तोलाको कति पुग्यो ?

इकागज |
कात्तिक ५, २०८१ सोमबार ११:० बजे

काठमाडौँ- सुनको मूल्य बढ्ने क्रम आज पनि जारी रहेको छ । सुनको मूल्यले आज पनि नयाँ किर्तिमान बनाएको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन तोलाको ६ सयले बढेर अहिलेसम्मकै उच्च तोलाको एक लाख ६५ हजार ६ सय पुगेको छ ।


यस अघि आइतबार सुन तोलाको एक लाख ६५ हजारमा कारोबार भएको थियो । त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला २० रुपैयाँले बढेर २०९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


Author

थप समाचार
x