Ekagaj Logo
०६ कात्तिक २०८१, मंगलबार
(Tuesday, 22 October, 2024)

अर्थ / बाणिज्य

ट्रायम्फले एकैपटक गर्यो २०० युनिट मोटरसाइकल डेलिभरी

इकागज |
कात्तिक ६, २०८१ मंगलबार १७:३९ बजे

ट्रायम्फ नेपालले एकैपटक २०० युनिट मोटरसाइकल डेलिभरी गरेको छ । ट्रायम्फ मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता हंशराज हुलाश चन्द एण्ड कम्पनीले आइतबार ट्रायम्फ स्पीड ४०० र स्क्रयाम्बलर ४०० गरी एकैपटक २०० मोटरसाइकल डेलिभरी गरेको हो ।

कम्पनीले यी दुवै मोटरसाइक गत भदौमा सम्पन्न नाडा अटो शो २०२४ मा सार्वजनिक गरेर बुकिङ लिएको थियो । नाडा अटो शोमा १५० युनिट र त्यसयता ५० युनिट बुकिङ लिइएको कम्पनीले जानकारी दिएको छ ।


नेपाली बजारमा ट्रायम्फ स्पीड ४०० को मूल्य ६ लाख ३४ हजार ९०० रुपैयाँ र स्क्रयाम्बलर ४०० एक्सको मूल्य ६ लाख ८९ हजार ९०० रुपैयाँ रहेको छ ।

बजाजले भारतमा उत्पादन गरको ट्रायम्फ ४०० सिरिज भारतबाट विभिन्न ५० भन्दा धेरै देशहरूमा निर्यातसमेत सुरू भइसकेको छ भने कम्पनीले केही दिन अघि १ वर्षमा ५० हजार युनिट मोटरसाइकल बिक्री पूरा भएको थियो ।

ट्रायम्फ ४०० सिरिजमा ३९८ सीसी क्षमताको लिक्वीड कुल्ड, फोर भल्भ, सिंगल सिलिन्डर इन्जिन छ । यो इन्जिनले ४० हर्षपावर तथा ३७.५ एनएम टर्क जेनेरेट गर्छ । दुवै मोटरसाइकलमा ६ स्पीड गियरबक्स जडान गरिएको छ ।

यी दुवै मोटरसाइकलमा समान फिचरहरू छन् । ट्रयाक्सन कन्ट्रोल, स्लीपर क्लच, राइड वाइ वायर जस्ता अत्याधुनिक फिचरहरू छन् ।

त्यसैगरी, ड्युल च्यानल एबीएस, मोनोसक सस्पेन्सन, सेमी डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, यूएसबी टाइप सी चार्जिङ पोर्ट, एलईडी लाइट्स, हिटेड ग्रीप, गोल्ड यूएसडी फर्क र अलोय ह्वील जस्ता फिचर यी मोटरसाइकलमा छन् ।


Author

थप समाचार
x