सेयर बजार सामान्य घट्दा पनि पाँच कम्पनीको भाउ बढ्यो
काठमाडौँ : बुधबार सेयर बजारमा सामान्य गिरावट देखिएको छ । चार दशमलव १३ अंकले घटेर नेप्से परिसूचक २८२३.८७ बिन्दुमा पुगेको हो । नेप्से सामान्य अंकले घट्दा पनि पाँच कम्पनीको सेयर मूल्यमा उच्च वृद्धि भएको छ । जसमा पोखरा फाइनान्सको सेयर मूल्यमा ५५ रुपैयाँले बढ्दा सर्किट ब्रेकर लागेको छ ।
नेपाल फाइनान्स, सेन्ट्रल फाइनान्स, मल्टिप्रोपोज फाइनान्स र प्रोग्रेशिभ फाइनान्सको सेयर मूल्यमा ९ प्रतिशतभन्दा बढी दरमा वृद्धि भएको छ । कारोबारमा आएका १३ समूहमध्ये ६ समूहका परिसूचकमा वृद्धि भएको छ । विकास बैंक र फाइनान्स समूहका परिसूचकमा उच्च वृद्धि भएको छ ।
पाँच अर्ब ८३ करोड रुपैयाँ बराबर सेयर कारोबार भएको छ । ६८ हजार एक सय ९२ पटकको कारोबारमा एक करोड ६२ लाख कित्ता किनबेच भएको छ । २९ खर्ब २३ अर्ब रुपैयाँ बजार पुँजीकरण पुगेको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया