अर्थ / बाणिज्य

मखमलीको माला गाँस्न व्यस्त गुण्डुका किसान

इकागज |
कात्तिक ७, २०८१ बुधबार १४:२१ बजे

काठमाडौँ - तिहार नजिकिएसंगै मखमली फूलको पकेट क्षेत्र मानिने भक्तपुरको गुण्डुका किसानहरु मखमली फूल टिप्न र माला गाँस्न व्यस्त देखिएका छन् । 

तिहार आउन एक सातामात्रै बाँकी रहदा गुण्डुका किसानहरू मखमली फूलको माला बनाएर बिक्रीका लागि तयारी अवस्थामा राख्न व्यस्त देखिएका हुन् ।


भक्तपुरमा २० वर्षभन्दा बढि समयदेखि मखमली फूल उत्पादन हुँदै आएका छन् । वर्षेनी मखमली फूलको खेती हुँदै आएका गुण्डुमा फूल खरिद गर्न व्यापारीहरू खेतबारीमा नै पुग्ने गरेको किसानहरुको भनाइ छ । उपत्यकामा खपत हुने धेरै मखमली फूल गुण्डु क्षेत्रकै उत्पादन भएको किसानहरू बताउँछन् ।

केहि किसानहरूले विदेशमा समेत मखमली फूल निर्यात गर्ने गरेका छन् । दाजुभाइ र दिदीबहिनीको पवित्र पर्व मानिने तिहारमा कहिल्यै नओइलाउने मखमली फूलको विशेष महत्व रहिआएको छ । दिदीबहिनीले दाजुभाइलाई भाइटीका लगाएपछि मखमली माला पहिराउने परम्परा रहँदै आएको छ । 


Author

थप समाचार
x