Ekagaj Logo
०८ कात्तिक २०८१, बिहीबार
(Thursday, 24 October, 2024)

अर्थ / बाणिज्य

सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?

इकागज |
कात्तिक ८, २०८१ बिहीबार ११:१७ बजे

तस्विरः फाइल फोटो

काठमाडौँ- पछिल्ला केही दिन लगातार बढेको सुनको मूल्य आज भने घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन तोलाको ७ सयले घटेर तोलाको एक लाख ६६ हजार पुगेको छ ।

यसअघि बुधबार सुन तोलाको एक लाख ६६ हजार ७ सयमा कारोबार भएर अहिलेसम्मकै उच्च मूल्य कायम भएको थियो  । त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला ४० रुपैयाँले घटेर २०९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।



Author

थप समाचार
x