Ekagaj Logo
०८ कात्तिक २०८१, बिहीबार
(Thursday, 24 October, 2024)

अर्थ / बाणिज्य

प्लेटफर्म एक, फाइदा अनेक : फोनपोइन्टस्‌‌सँग इसेवाको प्रारम्भिक साझेदारी

इकागज |
कात्तिक ८, २०८१ बिहीबार १३:२८ बजे

काठमाडौँ- फोनपोइन्टस्‌  एक एकृकीत लौयल्टी म्यानेजमेन्ट प्लेटफर्म हो जसद्वारा व्यवसायहरूले आफ्ना प्रयोगकर्तालाई विविध प्वाइन्ट र अफर प्रदान गर्दै आएको छ । प्रयोगकर्ताहरूले आफ्नो संलग्नता रहेको विभिन्न वित्तीय कारोवारबाट आर्जन गरेको प्वाइन्टस्‌लाई एकै ठाउँबाट सजिलै हेर्न  र आफ्नो इच्छा अनुसार व्यवस्थापन गर्दै अनगिन्ती आर्कषक अफरहरू अवलोकन गरि तिनको उपभोग गर्ने अवसर  फोनपोइन्टस्‌ले प्रदान गर्दछ ।

फोनपोइन्टस्‌का प्रयोगकर्ताहरूले विभिन्न व्यवसायीक पार्टनरहरूसँग संलग्न भएर लौयल्टी प्वाइन्टस् (जसलाई “फोनपोइन्टस्‌” पनि भनिन्छ) आर्जन गर्न सक्नेछन् ।


फोनपोइन्टस्‌ ले फोनपेसँग आबद्ध रहेका विभिन्न पार्टनरहरूबाट आर्जन गरेको लौयल्टी प्वाइन्टस्‌लाई एक ठाउँमा एकृकीत गर्दछ, जसले  प्रयोगकर्तालाई ती प्वाइन्टहरू प्रयोग गरि आर्कषक अफर, छुट तथा उपहारहरू प्राप्त गर्ने अवसर प्रदान गर्दछ ।

नेपालमा डिजिटल कारोबारलाई सहज गर्दै प्रयोगकर्ताको अनुभवलाई थप गुण्स्तरीय बनाउने लक्ष्यका साथ इसेवा ले फोनपोइन्टस्‌सँग सहकार्य गर्ने निर्णय गरेको छ । प्रयोगकर्तालाई एकीकृत र फाइदाजनक अनुभुती प्रदान गर्ने हेतु नियमित प्रयोगकर्ताहरूलाई दिइने लौयल्टी प्वाइन्टस्‌लाई एकीकृत गर्ने विकल्प दिइएको छ ।

एकीकृत गरिएका लौयल्टी प्वाइन्टस् प्रयोग गरि विभिन्न अफर अवलोकन गर्दै ती अफर संकलन र उपभोग गर्ने प्रक्रियाहरूलाई सरल बनाउने यस साझेदारीको लक्ष्य रहेको छ । 

फोनपोइन्टस्‌को सुरुवातसँगै कम्पनीले प्रयोगकर्ताहरूलाई लौयल्टी अभियानहरूप्रति अझ बढी आकर्षित गर्न खोजेको छ । यसले प्रयोगकर्ताहरूलाई आफ्नो संकलित प्वाइन्टलाई प्रयोग गर्न विभिन्न प्रकारका विकल्पहरू उपलब्ध गराइ थप सुविधा र सन्तुष्टि दिने मात्र नभएर अझ बढी डिजिट कारोबार गर्न प्रोत्साहन गर्ने लक्ष्य राख्दछ ।

फोनपोइन्टस्‌का सिइ‌ओ सागर पौडेलका अनुसार यस प्लेटफर्ममा नयाँ प्रयोगकर्तालाई जोडिनका लागि सजिलो र सहज प्रक्रिया प्रदान गरिएको छ । यसको सरल प्रक्रियाहरूले प्रयोगकर्ताहरूलाई जटिलताको सामना गर्न नपर्ने बनाउन मद्दत गर्दछ ।

यो प्रक्रिया सिधै फोनपोइन्टस्‌ एपबाट पनि गर्न मिल्ने भएका कारणले, प्रयोगकर्ताहरूले बीचमा अन्य चरणहरू पार नगरीकनै छिटो सेवा प्राप्त गर्न सक्नेछ । यसले प्लेटफर्ममा प्रयोगकर्ताहरूको रुचि बढाउनुकको साथै फोनपोइन्टस्‌को विस्तार गर्न सहयोग गर्न सक्ने कुरा जोड दिएका छन् ।


Author

थप समाचार
x