अर्थ / बाणिज्य

दुई हजार आठ सयले घट्यो सुन

इकागज |
कात्तिक २०, २०८१ मंगलबार १३:१३ बजे

तस्विरः फाइल फोटो

काठमाडौँ- स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला दुई हजार आठ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि छापावाला सुन प्रतितोला एक लाख ६८ हजार दुई सय रुपैयाँ तोकेको छ । 

यसअघि यही कात्तिक १५ गते छापावाला सुन प्रतितोला एक लाख ७१ हजार रुपैयाँमा खरिदबिक्री भएको थियो । यस्तै चाँदीको मूल्यमा प्रतितोला २१ रुपैयाँले घटेको छ ।


महासंघले एक तोला चाँदीको मूल्य दुई हजार ३० रुपैयाँ तोकेको छ । यसअघि चाँदी प्रतितोला दुई हजार ९० रुपैयाँमा कारोबार भएको थियो ।


Author

थप समाचार
x