अर्थ / बाणिज्य

डोनाल्ड ट्रम्पको जितसँगै सुनको मूल्य ह्वात्तै घट्‌यो, डलरको बढ्‌यो

इकागज |
कात्तिक २२, २०८१ बिहीबार ११:२३ बजे

काठमाडौँ- सुनको मूल्य एकै दिन चार हजारले घटेको छ । बिहीबार सुन तोलामा १ लाख ६४ हजार ५ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार सुन तोलामा १ लाख ६८ हजार ५ सयमा कारोबार भएको थियो । 


त्यसैगरी चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी १ हजार ९ सय ६० रूपैयाँले कारोबार भइरहेको छ । बुधबार भने चाँदी २ हजार १५ रूपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले सुनको भाउ ह्वात्तै घट्‌नुमा अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्पले जित्नुलाई लिएका छन् । आज अमेरिकी डलर भने बढेको छ । बुधबार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २८ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८८ पैसा थियो । तर आज बढेर डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ५६ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ १६ पैसा कायम भएको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार डलर मजबुत हुँदा सुनको मूल्यमा उच्च गिरावट देखिएको हो ।


Author

थप समाचार
x