अर्थ / बाणिज्य

तरकारीको मूल्य : काउली किलोको एक सय, घिउ सिमी एक सय १०

इकागज |
मंसिर ३, २०८१ सोमबार ७:३८ बजे

काठमाडौँ- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबार लागि तरकारी तथा फलफुलको मुल्य सार्वजनिक गरेको छ ।

जसअनुसार न्यूनतम मूल्य प्रतिकेजी अनार ४५० रुपैयाँमा खरिदबिक्री भैरहेको छ । कालो अंगुर ३८०, अम्बा १५० रुपैयाँमा खरिदबिक्री भइरहेको समितिले जनाएको छ । 


यसैगरी केरा १५० रुपैयाँ दर्जन, हरियो तरबुजा ८०, लोकल काक्रो १००, भारतीय मेवा ४० किवि र आभोकाडो २०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

समितिका अनुसार लोकल सानो गोलभेडा ६० र भारतीय ठूलो गोलभेडा ९०, अदुवा १३०, रातो आलु ७५ रूपैयाँमा कारोबार हुँदा स्थानीय काउली १००, लौका ५०, कागती १४०, सुकेको खुर्सानी ३८०, हरियो खुर्सानी ७०० रुपैयाँ प्रतिकेजी कायम भएको छ ।

लेकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी १५० रुपैयाँमा कारोबार हुँदा लोकल बन्दा ६०, हाइब्रीड गान्टे मूला ७० रुपैयाँमा कारोबार हुँदा लोकल घिउ सिमी १०० र राजमा घिउ सिमी ११० रुपैयाँ, पाकेको फर्सी ३० र तराइ परवर ७० रूपैयाँमा खरिदबिक्री हुँदैछ भने तोरीको साग ५० र रायोको साग ३०० रुपैयाँमा खरिदबिक्री हुँदा उता जिरीको साग १०० रुपैयाँमा कारोबार हुनेछ ।

गुन्द्रुक २५०, भारतीय सुकेको प्याज १२०, हरियो प्याज ९० र पुदीना ६०० रुपैयाँ केजी कायम गरेको कालिमाटी बजारले ब्रोकाउली १३०, चाइनिज सुकेको लसुन ३००, हरियो लसुन १५० रुपैयाँमा कारोबारको अनुमति दिएको छ भने लाम्चो भान्टा ४० र हरियो धनिया ५० रुपैयाँ पाइने समितले जनाएको छ ।

उता, ताजा छडी माछा २४० रुपैयाँमा कारोबार हुँदा बचुवा माछा २५० र रहु माछा ३४५ रुपैयाँमा किनबेच भइरहेको छ ।


Author

थप समाचार
x