निर्वाचनका लागि अर्थमन्त्रालयले झण्डै ८ अर्ब खर्च गर्न सहमति दियो
काठमाडौं : अर्थ मन्त्रालयले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगलाई ७ अर्ब ७२ करोड ८३ लाख रुपैयाँ सम्म खर्च गर्ने गरी सहमति प्रदान गरेको छ।
प्रतिनिधि सभा सदस्य निर्वाचन २०७८ को सञ्चालन र व्यवस्थापनको लागि उक्त रकम निर्वाचन सामग्री लगायत अन्य सामाग्रीहरु खरिद तथा निर्वाचन व्यवस्थापनमा खर्च हुने अर्थ मन्त्रालयले जनाएको छ।
कार्तिक २६ गते शुक्रवार पहिलो चरण र मङ्सिर ३ गते शुक्रवार दोस्रो चरण गरी दुई चरणमा सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचन तोकिएको छ । यद्यपि, प्रतिनिधि सभा विघटन संविधान विपरित भएको भन्दै सर्वोच्च अदालतमा अहिले सुनुवाइ भैरहेको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया