सुनको मूल्य तोलामै १५ हजार रूपैयाँले घट्यो
काठमाडौँ- सुनको मूल्य ह्वात्तै घटेको छ । सोमबार तोलामै १५ हजार ९ सय रूपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबार सुनको भाउ प्रतितोला १ लाख ५१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
आइतबार सु प्रतितोला १ लाख ६७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।
सरकारले सुनको भन्सार दरलाई २० बाट १० प्रतिशतमा झारेपछि सुनको मूल्यमा असर परेको हो । त्यस्तै चाँदि तोलाको १ हजार ८ सय ४५ रूपैयाँमा कारोबार भइरहेको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया