डेडिकेटेड तथा ट्रंकलाइनबाट विद्युत उपयोग गरेका उद्योगसँग बक्यौता असुलेरै छाड्ने : अर्थमन्त्री पौडेल
फाइल फाेटाे
काठमाडौँ - उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले डेडिकेटेड तथा ट्रंकलाइनबाट विद्युत उपयोग गरेका उद्योगसंग बक्यौता असुल गरेरै छाड्ने बताएका छन् ।
बुटवलमा बिहीबार आयोजित नेपाल विद्युत प्राधिकरण कर्मचारी युनियनको ११ औं केन्द्रीय सभालाई सम्बोधन गर्दै पौडेलले बिद्युत् महसुल बिलको आधारमा डेडिकेटेड तथा ट्रंकलाइनबाट विद्युत उपयोग गरेका उद्योगसँग बक्यौता असुल गरेरै छाड्ने बताएका हुन् । विद्युत प्राधिकरणले पनि उद्योगीहरूले उपयोग गरेको विद्युतको बिल उपलब्ध गराउन सक्नुपर्ने उनले बताए ।
त्यस्तै उनले डेडिकेटेड तथा ट्रंकलाइनसम्बन्धी विवाद छिटै समाधान हुने धारणा पनि राखे । पौडेलले सरकारलाई नटेर्ने र चूनौति दिन खोज्ने प्रकृति उचित नभएको भन्दै यस्ता प्रवृति सहज ढंगले अन्त्य होस् भन्ने सरकारले चाहेको उल्लेख गरे ।
उनले विद्युत प्राधिकरण आफै सबल र सक्षम नुहुँदा सम्म काम गर्ने कर्मचारीहरू सबल हुन नसक्ने पनि बताए । पौडेलले कर्मचारीहरूको ५२ महिना देखि रोकिएको बिमा र सेवा सुविधाका बारेमा सरकारले छलफलबाट समाधान निकाल्ने प्रतिबद्धता पनि जनाए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया