चीनसँग ‘नन–डिस्क्लोजर’ सम्झौता, दरबाहेक अन्य विवरण सार्वजनिक
काठमाडौँ : सरकारले चीनबाट खरिद गर्न लागेको ४० लाख डोज खोप क्रमशः असार २५, साउन १ र साउन ८ मा प्राप्त हुनेछ । नेपाल वायु सेवा निगमको सेड्युल ट्वीटरमा सेयर गर्दै प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजल भट्टराईले चीनसँग ४० लाख डोज खोप यसरी आउँदैछ भनेर लेखेका छन् । चीनले नेपाललाई लगत्तै अघि १० लाख डोज खोप अनुदानमा दिएको छ भने शुरुवाती चरणमा ८ लाख डोज खोप पठाएको थियो ।
40 लाख vaccine China बाट ल्याइने flight schedule NAC ले सार्वजनिक गरेको छ । अब स्वास्थ्य मन्त्रालयले खोप लगाउने उमेर समूहको निर्धारण र कार्य तालिका प्रकाशन गर्नेछ। थप खोप ल्याउने प्रयास पनि जारी छ । pic.twitter.com/GLgF0RMCAs
— Rajan Bhattarai (@Rajanktm) July 4, 2021
निगमले सार्वजनिक गरेको मेडिकल कार्गो फ्लाइटको सेड्युल अनुसार चीनबाट साउन ८ सम्म खोप ल्याइने तय भएको छ । यद्यपि खोप खरिद दर भने गोप्य नै राखिएको छ । नेपालको सार्वजनिक खरिद ऐनमा यस्तो प्रावधान नभए पनि सरकारले विषय निर्णय गर्दै स्वास्थ्य सेवा विभागलाई ‘नन–डिस्क्लोजर’ सम्झौताको अनुमति दिएको थियो । ‘नन–डिस्क्लोजर’ सम्झौता अनुसार यसका विवरण तेश्रो पक्षसँग गोप्य राख्नुपर्छ । तर प्रधानमन्त्रीका सल्लाहकारले ४० लाख भ्याक्सिन ल्याउँदैछौं भनेर राजनीतिक स्टन्ट गरेको जानकारहरू बताउँछन् ।
जसमा परिमाण, आपूर्ति समय र दर गोप्य राखिने उल्लेख थियो । सार्वजनिक खरिद ऐनमा नभएको व्यवस्था र दर गोप्य राखिएपनि यसको लेखापरिक्षण महालेखा परिक्षकको लेखापरिक्षण प्रतिवेदनमा समावेश हुने बुझिएको छ ।
दरका सम्बन्धमा स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले नेपालको अर्थतन्त्र, गरिबी, मानवविकासको अवस्था तथा प्रतिव्यक्ति आयको समेत अवस्थालाई मध्यनजर गरी चीनले खोप उपलब्ध गराएको उल्लेख गरेका छन् । नेपालले यसअघि भारतको सिरम इन्स्टिच्यूटसँग २० लाख मात्रा खोप प्रति खोप ४ अमेरिकी डलरमा खरिद सम्झौता गरेको थियो । त्यो मध्ये १० लाख मात्रा खोप आपूर्ति भैसकेको छ भने बाँकी १० लाख आपूर्ति हुने क्रममा छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया