राष्ट्र बैंकले खारेज गर्यो भाटभटेनी, मोर्डन र नमस्तेको इजाजत

फाइल तस्बिर
काठमाडौँ- नेपाल राष्ट्र बैंकले तीन वटा रेमिट्यान्स कम्पनीको इजाजत खारेज गरेको जनाएको छ ।
जसअनुसार भाटभटेनी मनी ट्रान्सफर, मोर्डन रेमिट्यान्स र नमस्ते रेमिट इन्टरनेशनलको इजाजत खारेज गरिएको हो ।
कारोबार गर्ने इजाजतको म्याद नवीकरण नगरेकाले खारेज गरेको राष्ट्र बैंकले जनाएको छ । खारेज भएका संस्थासँग रेमिट्यान्सको रकम लिनुदिनु बाँकी भएमा ३५ दिनभित्र लिखित जानकारी दिन पनि राष्ट्र बैंकले जनाएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया