नेपाल उद्योग बाणिज्य महासंघको चीनका लागि मानार्थ प्रतिनिधिमा अंगाई नियुक्त
काठमाडौँ- नेपाल उद्योग बाणिज्य महासंघले चीका लागि मानार्थ प्रतिनिधिमा दुर्गाप्रसाद अंगाईलाई नियुक्त गरेको छ । महासंघले नेपाल र चीनबीचको व्यापार र सम्बन्धलाई सुदृढ बनाउन अंगाईले उत्कृष्ट योगदान गरेको भन्दै मानार्थ प्रतिनिधिमा नियुक्त गरेको हो ।
विगतमा पनि तपाईंले यस क्षेत्रमा नेपालको व्यापार र लगानीको बढाउन महत्वपूर्ण योगदान दिनुभएको पत्रमा उल्लेख छ । अंगाईको असाधारण नेटवर्किङ क्षमता र उद्योग विशेषज्ञताले नेपालमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउन सहयोग गरेको छ ।
अंगाईले महासंघ र चीनका प्रख्यात चेम्बर अफ कमर्सबीचको बलियो सम्बन्ध निर्माणमा पनि महत्वपूर्ण भूमिका निर्वाह गरेको बताइएको छ । यसले धेरै महत्त्वपूर्ण समझदारी पत्रमा हस्ताक्षर गरेको छ ।
संयुक्त व्यापार उद्यम, र सहयोगी परियोजनाहरूको लागि थप सम्भावना बढेर गएको छ । यसैगरी उनले नेपाल र चीनबीच उच्चस्तरीय व्यापार प्रतिनिधिमण्डलको आयोजना र मार्गदर्शनमा नेतृत्वले बहुमूल्य नेटवर्किङ अवसरहरू सिर्जना गरेको र सहकार्यका लागि नयाँ सम्भावनाहरूको पहिचान गरेको बताइएको छ ।
नेपालको नियामक ढाँचा र बजार अवस्थाको बारेमा तपाईंको गहिरो बुझाइले दुवै पक्षका लगानीकर्ताहरूलाई ठूलो मद्दत गरेको छ । नेपालको आर्थिक हितलाई अगाडि बढाउन लागि अंगाईको निरन्तर प्रयास र प्रतिबद्धताको महासंघले ईमानदारीपूर्वक कदर गरेको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया