अर्थ / बाणिज्य

आइसीएफसी फाइनान्सले माघ ९ गतेबाट ऋणपत्र निष्कासन गर्दै

इकागज |
पुस २९, २०८१ सोमबार ११:३४ बजे

काठमाडौँ- आइसीएफसी फाइनान्स लिमिटेडले ३० करोड रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ । कम्पनीले माघ ९ गतेदेखि प्रतिइकाई १ हजार रुपैयाँको दरमा ३ लाख इकाई ऋणपत्र जारी गर्न लागेको हो ।

यसमध्ये १ लाख ८० हजार इकाई कम्पनीले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्ने भएको छ । यसमा बिक्री प्रबन्धकको काम कुमारी क्यापिटलले गर्नेछ । यस ऋणपत्रमा माघ १३ गतेसम्म आवेदन दिन पाइनेछ । उक्त समयसम्म सबै ऋणपत्र बिक्री नभएमा भने माघ २३ गतेसम्म खुला रहनेछ ।


सर्वसाधारणमा बाँडफाँट गरिने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ६ हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ । आइसीएफसीले ७ वर्ष अवधिको ‘९ प्रतिशत ‘आइसीएफसी फाइनान्स लिमिटेड डिबेन्चर २०८८’ जारी गर्न लागेको हो ।

यसमा वार्षिक ९ प्रतिशत ब्याजदर दिने बैंकले जानकारी दिएको छ । न्यूनतम २५ इकाईदेखि अधिकतम १ लाख २० हजार इकाईसम्म आवेदन दिन सकिनेछ । यसमा सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर सफ्टवेयरमार्फत अनलाइनबाट आवेदन दिन सकिनेछ ।


Author

थप समाचार
x