२३ अंकले बढ्यो नेप्से, कारोबार ४ अर्ब
काठमाडौँ : सेयर बजार मापन गर्ने नेप्से परिसूचक २३.७६ अंकले बढेको छ । नेप्से ०.८५ प्रतिशतले बढेर २८२४.८९ बिन्दुमा पुगेको हो ।
कारोबारमा आएकामध्ये ट्रेडिङ र अन्य समूहका परिसूचकबाहेक सबै समूहका परिसूचक बढेका छन् । बैंकिङ समूहको परिसूचक ०.९३ प्रतिशतले बढेको छ ।विकास बैंक र फाइनान्स समूहको परिसूचकमा अत्यधिक वृद्धि भएको छ । विकास बैंक समूहको परिसूचक २.१२ प्रतिशतले बढेको छ । फाइनान्स समूहको परिसूचक ३.०९ प्रतिशतले वृद्धि भएको छ ।
गह्वेश्वरी मर्चेन्ट बैंक एन्ड फाइनान्सको सेयर मूल्यमा ९ प्रतिशतभन्दा बढी दरमा वृद्धि भएको छ । ५१ हजार आठ सय ६८ पटकको कारोबारमा एक करोड ३१ लाख कित्ता सेयर किनबेच भएको छ । यसबीच चार अर्ब ८१ करोड रुपैयाँ सेयर किनबेच भएको छ । सबैभन्दा बढी नेपाल बैंकको सेयर किनबेच भएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया