अर्थ / बाणिज्य

अर्थतन्त्रका समस्या समाधान हुने क्रममा छ- अर्थमन्त्री पौडेल

इकागज |
माघ २०, २०८१ आइतबार १४:१६ बजे

फाइल फाेटाे

काठमाडौं - उपप्रधान एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलले लामो समयदेखिका अर्थतन्त्रका समस्या समाधान हुने क्रममा रहेको बताएका छन् ।

महिला आर्थिक पत्रकार संघले आइतबार काठमाडौंमा आयोजना गरेको अर्थतन्त्र : नीति र व्यवहार विषयका छलफलमा पौडेलले लामो समय देखिएको समस्या तत्काल समाधान नहुने भन्दै वर्तमान सरकार गठन भएपछि अर्थतन्त्रका समस्या समाधान हुने क्रममा रहेको बताएका हुन् ।


 समस्या समाधानका लागि सरकारले पोलिसी रिफर्ममा जोड दिएको उनले बताए । मन्त्री पौडेलले पोलिसी रिफर्मका लागि नै सरकारले विभिन्न अध्यादेश ल्याएको जिकिर गरे । अध्यादेशका कारण अर्थतन्त्रको ८० प्रतिशत क्षेत्र ओगटेको निजी क्षेत्रको आत्मबल बढाउने काम गरेको उनले दाबी गरे । उनले निजी क्षेत्र उठाउँदै आएका मागहरूलाई सम्बोधन गर्ने गरि ६ वटा अध्यादेशबाट विभिन्न ऐन ल्याएको जिकिर गरे । 

उनले अध्यादेशबाट आएका कानुनलाई कार्यान्वयन गर्न सरकार गम्भीर रहेको उल्लेख गरे । त्यस्तै अर्थमन्त्री पौडेलले निर्माण व्यवसायीको भुक्तानीको सबै समस्या समाधान भइसकेको बताए । 


Author

थप समाचार
x