अर्थ / बाणिज्य

सुन तोलामा १९ सयले बढ्यो

इकागज |
माघ २२, २०८१ मंगलबार १०:५३ बजे

काठमाडौँ- नेपाली बजारमा आज तोलाको १ हजार ९०० रुपैयाँ बढेको छ। चार दिनसम्म स्थिर रहेको सुनको मूल्य आज भने  ह्वात्तै बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख ६४ हजार ७०० रुपैयाँ पुगेको छ। 

यसअघि शुक्रबारदेखि सोमबारसम्म सुनको मूल्य १ लाख ६२ हजार ८०० रुपैयाँ थियो।


महासंघका अनुसार चाँदीको मूल्य पनि बढेको छ। सोमबार तोलामा १ हजार ८९५ रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार बढेर तोलामा १ हजार ९३० रुपैयाँ पुगेको महासंघले जनाएको छ।


Author

थप समाचार
x