अर्थ / बाणिज्य

सुनको मूल्य बढ्यो , प्रतितोला कतिमा कारोबार हुँदैछ ?

इकागज |
माघ २३, २०८१ बुधबार १०:५३ बजे

फाइल फोटो

काठमाडौँ-  नेपाली बजारमा बुधबार पनि सुनचाँदीको मूल्य वृद्धि भएको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा १ लाख ६६ हजार ९०० रुपैयाँ पुगेको छ । मंगलबार सुन तोलामा १ लाख ६४ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । मंगलबार पनि अघिल्लो दिनको तुलनामा सुनको मूल्य वृद्धि नै भएको थियो ।

यसैगरी बुधबार चाँदीको मूल्य पनि बढेको छ । मंगलबार तोलामा १ हजार ९३० रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार बढेर तोलामा १ हजार ९७५ रुपैयाँ कायम भएको छ । 



Author

थप समाचार
x