दोस्रो ‘एसओएम टियु’ सामाजिक व्यवसाय प्रदर्शनी २५ गते हुँदै
काठमाडौं – स्कुल अफ म्यानेजमेन्ट, त्रिभुवन विश्वविद्यालय (एसओएम टियु) को आयोजनामा “दोस्रो सामाजिक व्यवसाय प्रदर्शनी २०२५” यही माघ २५ गते (फेब्रुअरी ७, २०२५) शुक्रबार कीर्तिपुरस्थित ‘स्कुल अफ म्यानेमेन्ट’मा आयोजना हुने भएको छ ।
‘दिगोपनको यात्रा’ नारासहित यो कार्यक्रमले नेपालको सामाजिक व्यवसाय प्रवर्द्धन, उद्यमशीलता र दिगो व्यापारको सम्भावनालाई उजागर गर्ने उद्देश्य राखेको छ।
यस प्रदर्शनीमा २५ भन्दा बढी स्टलहरू रहनेछन्, जसमा हस्तकला, वातावरणमैत्री उत्पादन, जैविक कृषि, पुनर्चक्रण, नवप्रवर्तनमूलक प्रविधि, सूचना प्रविधि, र सामाजिक व्यवसाय प्रवर्द्धन गर्ने स्टलहरू हुनेछन्। कार्यक्रममा व्यवसायीहरू, नवउद्यमी, विद्यार्थी, स्थानीय समुदायका प्रतिनिधिहरू, मिडियाकर्मी तथा सामाजिक प्रभावशाली व्यक्तित्वहरू सहभागी हुनेछन्।
साथै, कार्यशाला, प्यानल छलफल, नेटवर्किङ, व्यवसाय प्रवर्द्धन तथा नवीनतम सामाजिक व्यवसायका अवधारणाहरूमा छलफल गरिनेछ।
कार्यक्रममा विभिन्न सामाजिक व्यवसायका उत्पादनहरू तथा सेवा प्रदर्शन गरिनेछ। सहभागी व्यवसायहरूमा रिकृति, कास्या ज्वेलरी, फूल प्रसाद, क्रोसेट क्रिएसन, सिस्टर्स क्रिएशन, आनुग्रह हस्तकला, समाह ज्वेलरी, भांग्रो, दीगो नेपाल, विन्टर ग्रीन टी, हात्ती हात्ती, लाछी, भूमिथान, मानुषी नेपाल लगायतका स्थानीय उद्यमीहरू रहनेछन्।
प्रदर्शनीको मुख्य आयोजक स्कूल अफ म्यानेजमेन्ट, त्रिभुवन विश्वविद्यालयका एमबिए २३औं ब्याचका विद्यार्थी हुन्। उनीहरूका अनुसार, यो कार्यक्रम स्थानीय स्तरका दिगो व्यवसायलाई प्रवर्द्धन गर्ने र उद्यमशीलता विकास गर्ने उत्कृष्ट मञ्च हुने छ।
व्यवसाय प्रदर्शनीमा सहभागी हुन इच्छुक जोसुकैले माघ २५ गते बिहान १० बजेपछि स्कुल अफ म्यानेजमेन्ट क्याम्पस, कीर्तिपुरमा उपस्थित हुन सक्नेछन्।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया