महुली लघुवित्तको नाफा घट्यो
![](https://ekagajcdn.prixacdn.net/media/albums/mahuli_fs8l8Y4TG2.jpg)
काठमाडौँ- चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा महुली लघुवित्तको खुद नाफा ६५.६९ प्रतिशतले घटेको छ । लघुवित्तको नाफा ६५.६९ प्रतिशतले घटेर ८९ लाख ५९ हजार रुपैयाँमा सीमित भएको हो । अघिल्लो वर्षको यसैअवधिमा यसले २ करोड ६१ लख १३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।
यता, खुद ब्याज आम्दानी भने ३४.७७ प्रतिशतले बढेर १६ करोड ४८ लाख ५४ हजार रुपैयाँ पुगेको छ । खुद ब्याज आम्दानीमा वृद्धि भएपनि इम्पेयरमेन्ट चार्ज चुलिंदा यसको नाफा घटेको हो । गत वर्ष १ करोड १८ लाख ५६ हजार रुपैयाँ रहेको इम्पेयरमेन्ट चार्ज यो वर्ष ५ करोड ८२ लाख ५९ हजार रुपैयाँ पुगेको छ ।
यसअवधिमा खराब कर्जा ०.२५ प्रतिशत बिन्दुले बढेर ४.८९ प्रतिशत पुगेको छ । चुक्ता पुँजी ३२ करोड २३ लाख ७८ रुपैयाँ छ । प्रतिसेयर आम्दानी ५ रुपैयाँ ५६ पैसा र प्रतिसेयर नेटवर्थ १९९ रुपैयाँ ३१ पैसा छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया