बढ्यो पेट्रोलको मूल्य

काठमाडौँ- नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ । शनिबार रातिदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर १ रुपैयाँ बढाएको हो ।
त्यस्तै डिजेल तथा मट्टीतेलको मूल्य ४ रुपैयाँ घटाएको छ । निगमका अनुसार इन्डियन आयल कर्पोरेशनबाट शनिबार १५ फेब्रुअरी २०२५ मा प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्यअनुसार पेट्रोलमा ५८ पैसा वृद्धि भएको छ । त्यस्तै डिजेल तथा मट्टीतेलमा प्रतिलिटर ३ रुपैयाँ ५९ पैसा घटेर आएको निगमले जनाएको छ ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया