सुनको भाउ बढ्यो

फाइल फाेटाे
काठमाडौं - नेपाली बजारमा सुनको भाउ लगातार ३ दिन बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोल ११ सय रुपैयाँले बढेर १ लाख ७० हजार ५०० रुपैयाँ कायम भएको छ ।
यसअघि सोमबार र मंगलबार पनि सुनको भाउ क्रमशः प्रतितोला १२०० र ७०० रुपैयाँले बढेको थियो । यसअघि मंगलबार छापावाल सुनको मूल्य १ लाख ६९ हजार ४०० रुपैयाँ कायम भएको थियो ।
यता, बुधबार चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले बढेर १९ सय ८५ रुपैयाँ कायम भएको छ । मंगलबार चाँदीको भाउ तोलाको १९ सय ७० रुपैयाँ रहेको थियो ।
Author
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया