अर्थ / बाणिज्य

सरकारको हेलचेक्राइका कारण नेपाल एफएटीएफको 'ग्रे लिस्ट' मा - पूर्व गभर्नर क्षेत्री

इकागज |
फागुन १०, २०८१ शनिबार १८:३६ बजे

फाइल फाेटाे

काठमाडौं - पूर्व गभर्नर दीपेन्द्र बहादुर क्षेत्रीले सरकारको हेलचेक्राइका कारण नेपाल अन्तर्राष्ट्रिय संस्था फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) को नकारात्मक सूची (ग्रे लिस्ट) मा परेको टिप्पणी गरेका छन् । 

शनिबार रिपोटर्स क्लबले काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा क्षेत्रीले सरकारकै कारण नेपाल ग्रे–लिष्टमा परेको भन्दै त्यसबाट बाहिर आउन सरकार गम्भीर हुनुपर्ने बताएका हुन् । एफएटीएफको ग्रे–लिष्टबाट उन्मुक्ति पाउन उनीहरूले भनेको कुरा पालना गर्नुपर्ने र सुधारको स्पष्ट कार्ययोजना दिन सक्नुपर्ने उनले बताए । 


उनले एफएटीएफले मागेको कार्ययोजना समयमा नै सम्पन्न गरे ग्रे लिस्टबाट नेपाल हट्न सक्ने जिकिर गरे । 

साक्षात्कारमा अर्थविद् डा.रेवतबहादुर कार्कीले एफएटीएफले ४० वटा परिसूचक निर्धारण गरेकोमा नेपालले २१ वटामात्रै परिपालन गर्न सकेको, १६ वटा आंशिक र ४ वटा परिपालन हुँदै नभएको बताए । सरकारको गतिविधिकै कारण नेपाल ग्रे लिस्टमा परेको उनको भनाइ छ । 


Author

थप समाचार
x